सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

NRNA कोरियालाई उम्मेदवार बिमल सुवेदीको आग्रह, क्षेत्रगत मतदान अथवा मध्येपर्ने क्षेत्र तोक्न सकिदैन ?

प्रिय NRNA कोरियाका मित्रहरु,
एक फेर फेरि हिम्मत गर्न अनुरोध।

मलाई सम्झना छ दोंगुक विश्व बिधालयमा भएको NRNA कोरियाको ४ औ महा -अधिबेशनको मतदान साझ ९ बजे सकिएर त्यस दिन रात वोंगनाम्दोंगमा रहेको तत्कालिन नेपाल हाउसमा रातभर लगएर गरिएको मतगणना ।

त्यस लगतै कार्यसमितिलाइ प्रवक्ताको रुपमा मलाई मनोनित गर्यो र ५ औ महा -अधिबेशनमा निर्वाचन समितिमा रही कार्य सम्पादन गर्ने अवसर मिल्यो ।निर्वाचन समितिको सदश्यको हैसियतले मैले computerized मतदान प्रणालीको प्रस्ताव गर्दा तत्कालिन कार्यसमितिका महत्पूर्ण पदाधिकारीबाट बिपक्ष्यमा स्वर आए पनि निर्वाचन समितिका अन्य सदश्यको व्यापक दवावले अन्तत कार्यनयन भयो, जसले ६ औ महा -अधिबेशनमा पनि निरन्तरता पायो । जसको फलस्वरूप समयको बचत हुनुका साथै निर्वाचनमा हुने नकारात्मक अभ्यासलाइ पर राख्न सहयोग पुग्यो।

आदरणीय साथीहरु आजको NRNA कोरिया हिजोको भन्दा ठुलो र व्यापक रुपमा फैलिएको पंजीकृत सदस्य संख्या ले स्पस्ट पार्दछ। पंजीकृत सदस्य संख्या लाई गहिरो संग हेर्नु भए मा २/३ सदश्य संख्या सौल भन्दा बाहिर छन् अब आफै उत्तर दिनुस कसरी र कुन नैतिकताले तपाई र हामी पंजीकृत सदस्यहरुलाई भोट हाल्न का निमित्त ५ -६ घन्टाको बाटो ओहरदोहर गर भनेर भन्ने ? तसर्थ आउनुस यसपालि क्षेत्रगत मतदानको अवसर प्रदान गरि NRNA कोरियालाई बास्तविक अर्थमा नेपाली मैत्री बनाउ। अझै पनि NRNA कोरियाका मित्रहरु तपाईहरुलाई क्षेत्रगत मतदानको तयारी अपुग लाग्छ भने आउनुस सबैलाई मध्यपर्ने क्षेत्रको खोजि गरौ र मतदान कार्यक्रम राखौ।

मित्रहरु पछिल्ला २ वोटा महा -अधिबेशनको निर्वाचन कमिटीमा रहेर कार्य सम्पादन गरेको अनुभवका आधारमा अझै पनि मैले क्षेत्रगत मतदान सम्भव छ र सकिन्छ भने विश्वास राखेको छु र तपाइहरुले NRNA कोरियाका पंजीकृत सदस्यको सामुहिक आवाजलाई नज़र अन्दाज गर्नु हुने छैन भन्ने विश्वास लिएको छु ।

बिमल सुबेदी
महसचिब -उमेदवार

NRNA कोरिया
७ औ महाअधिबेशन

कृपया सक्दो शेयर गरिदिनु होला।।।

बिमल सुबेदीको फेसबुक वालबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय