सौल दक्षिण कोरिया ,
कोरियामा पुनः अर्कों दुखत घटना घटेको छ l इपिएस मार्फत कोरिया आएका एक नेपालीको एक्कासी बेहोस भै मृत्यु भएको छ l
कोरियाको राजधानी सियोल नजिक एक कम्पनीमा कार्यरत चितवनका शिबराज महतोको मृत्यु भएको राप्ति सम्पर्क समिति दक्षिण कोरियाका पुर्व अध्यक्ष बिर कुमार ओलीले जानकारी दिए l
शनिवार कम्पनीमा काम सकिएपछी सन्ध्याकालीन यात्रामा ओली संगै निस्किएका महतो एक्कासि बिहोस भै ढलेपछि त्यहाँ रहेका स्थानीय कोरियनहरुको सहयोगमा तत्कालै अस्पताल पुर्याइएतापनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए l
उच्च रक्त चाँप बाट पिडितम करिब ५० बर्षिय महतोले दांतको समस्या भएको बताउने गरेको कम्पनीमा संगै कार्यरत नेपालीहरुले बताए lकरिब १०बर्ष देखि कोरियामा कार्यरत मृतक महतो बिना भिसा बस्दै आएका थिए l उनका छोरा समेत कोरियामा कार्यरत छन् l
हाल उनको सवलाई नजिकैको अस्पतालमा राखिएको छ l कोरियामा अबैध रुपमा बस्दै आएको र मृत्यु पनि कम्पनि बाहिर भएकोले शव नेपाल पठाउन समस्या पर्न सक्ने संगै कार्यरत ओलीले बताए l
घटना अलि अबेर घटेकोले कोरिया स्थित नेपाली दुतावासमा खबर गर्न नसकिएको उनले जनाकारी दिए ,l उक्त कम्पनीमा हाल १२ जना नेपालि कार्यरत छन् l
यस भन्दा केही साता पहिला काभ्रेका केदार तिमल्सिना झुन्डिएको अबस्थामा मृत फेला परेका थिए। हेल्लोनेपाल कोरियाको सहयोगमा