सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

वनभोज कार्यक्रमबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

1200*120

कोरियाको ख्यङ्गि दो प्रान्त अन्तर्गत ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिनमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले दैनिक कामको थकान र तनाव कम गर्दै रमाइलो गर्ने उद्देश्यले १९ अप्रिल २०२५ मा आयोजना गरिएको रमाइलो वनभोज कार्यक्रममा संकलित रकम मध्ये बचत भएको रकममा संस्थाका साथीहरुको स्वेच्छिक सहयोग र संस्थाको कोषबाट थप गरि नेपालमा विज्ञान, अनुसन्धान तथा आविष्कारको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आइरहेको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख पचास हजार (रु १,५०,०००/-) रकम सहयोग गरेको छ ।

 

हाल विरगञ्ज कृषि औजार कारखानामा व्यस्त राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई भेटेर सहयोग रकम सहित संस्थाले सम्मान पत्रद्वारा सम्मान गरेको हो ।

दक्षिण कोरियामा रहेका नेपालेहरु बिच आपसी सद्भाव कायम गर्दै आपसमा विविध सहयोग साथै नेपालमा पनि सहयोग गर्दै आइरहेको संस्थाले यसपटक राज्यबाट उपेक्षामा परेको संस्थालाई सहयोग गरिएको संस्थाका अध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

1200*120

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120