सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

चलचित्र प्रसादको ब्यापक बिरोध, सम्पुर्ण दलित तथा नेपाली नारीहरुलाई अत्यन्तै नकारात्मक तवरले प्रस्तुत गरियो, “सामाजिक अभियान्ता सरु सुनार”

1200*120

(गुहु गनाउछ जात जनाउछ ) चलचित्र प्रसादको डाइलक

नेपाली कथानक चलचित्र ( प्रसाद )

यति बेला काठमाडौ विभिन्न हलहरुमा चलचित्र प्रसाद लागिरहेको छ , छुवाछूत र महिलाका इसुहरुलाइ उठाएको छ चलचित्रले भने पछि , हिजो म पनि हलमा प्रसाद चलचित्र हेर्न पुगे …/

चलचित्रमा मुख्य पात्र हिरोको रोलमा देखाइएका ( बिपिन कार्की ) बाबुराम परियार र ( नम्रता श्रेष्ठ )नारायणी ठुलो जातको रोलमा देखिएकी छिन …/

1200*120

सरसरी चलचित्रलाई नेपाली नारी र दलित समुदायको आखावाट हेर्दा नारी र दलित समुदायलाई अत्यन्तै कमजोर नकारात्मक सन्देश दिएको मेरो बुझाइ हो।

दिनदिनै नेपाली समाजका हाम्रा दिदिबहिनी , आमा , छोरी र बालिका बलात्कारको शिकार र मारिइरहदा बलात्कारीलाई कठोर सजाय नहुदा र कानुनी कार्यनयनको पाटो फितलो र पैसा र पहुँचको राम्रै रवाफ र प्रभाव देखिँदा पीडित पक्षले राहत र सन्तुष्टिको न्याय पाउन नसकेको अबस्था छ …!

यहि कारण पनि अपराधी र बलात्कारीको मनोबल अझै बढेको हो कि ? जे गरे पनि हुन्छ , निस्कन सकिन्छ , कति पो जेल सजाय हुन्छ र? भन्ने परेको हो कि अपराधीहरु यसरी खुलेलाम छुट्दा ???

तर चलचित्र प्रसादले बलात्कार जस्तो जघन्य अपराध र नारीको इज्जतको धज्जी उडाउदा बलात्कारीलाई निकै बलियो र राजा देखाइदियो , आफ्नै कोठामा एक्लै सुतेकी बाबुराम परियारको श्रीमतीलाई बलात्कार गरि उल्टा बलात्कार पछि गर्भधारण गरेकी नारायणीलाई बच्चा फाल भन्नी थर्काउने , धम्काउने र अन्तिममा मार्न पछि लाग्ने , तर त्यो बलात्कारिलाई कति पनि समाज र कानुनको डर , त्रास नै भएन बरु एकपटक बलात्कार गरे पछि अर्को पटक पनि बलात्कार गर्न उचित समय पारी पछि लाग्ने देखाइयो …/

न त कानुनी कारवही नै भयो न त उ डरले त्यो समाज छोडेर भाग्यो नै ??

बरु अरुसंग छोरी चेली सग पनि मस्त दोहोरीमा खुलेलाम रमाइलो गर्दै खुला हिडन उसलाई कुनै गारो भएन …।

अर्को तिर नेपाली नारीहरुको सिधापन डर, लाजले आफू बलत्कृत हुँदा खुलेर भन्न नसक्ने र कानुनी पाटो के हो ? अनभिज्ञ देखाइयो …

यता आफ्नो श्रीमती आफ्नै साथिले बलात्कार गरे पछि दुइजिउकि भएकी श्रीमतिलाई आफू कहिले बाउ बन्न नसक्ने डक्टर भने पछि त्यो बच्चा स्वीकार गरेको पक्ष जोडियो , साथिलाइ रिसले कुट्न जादा उल्टै कुटाइ खाएर फर्किय बाबुराम परियार …
दलितको आँखाबाट( प्रसाद) चलचित्र

एउटा इमानदार सोझो दलित युवा बाबुराम परियार जहाँ यति इमानदार देखाइयो र अर्को कुरा दलित या परियारले लगाउने लुगा भनेको एकनासै हो त अरु कुनै फेसन डिजाइन हुदैन ?
( गुहु गनाउछ , जात जनाउछ ) भन्ने जस्ता बाणीहरु ,,
अनि बाबुरामले टेन्सन भएर रक्सी खादा

( जातले पाएको खाइन्छ म रक्सी नखाएर बाहुन क्षेत्री हुने होईन क्यारे) जस्ता सब्दले अझै पनि दलित समुदाय या दलितहरु भनेको रक्सी खाने , फोहोरी हुन्छन् र कुनै कसैललाई नराम्रो लाग्यो भनी समुदायलाई हेर्ने र गाली गर्ने ,??

जातीय बिभेदजन्य सब्दहरु यसरी बोल्दा सिङ्गो समुदायलाई लक्षित गरि अपमान गरिएको छ ।
र अर्को कुरा संविधान र कानुनले अपराध स्वीकार गरि विभेद र अपमान गर्न पाइदैन भनी लेखिदा यहाँ खुलेलाम समुदायलाई नै डोमिनेट गरियो ///

एउटा दलितलाई यतिसम्म सिदा देखाइयो कि पैसा र रक्सिमा दलितहरु बिक्छन र किन्न सकिन्छ भन्ने गैरदलितहरु र समाजको गलत सोचलाई वास्तबिका जस्तो देखाइयो ,,,
अन्तयमा एउटा बलात्कारीलाई फासिमा झुन्डाइनुको सट्टा , समाजको किङ ( राजा) जस्तो बनाइयो ,
नारीहरुले अस्मिताको रक्षा गर्न अब सक्षम छन् भन्ने ठाउँमा निरीह हुँदै लुटिनु अनि आफू लुटिएको भन्न नसक्ने र कानुन केही बुझै कै छैनन् भनी देखाइ बलात्कारी प्रती आक्रोस भन्दा बरु बलात्कारीको बिर्यलाइ प्रसाद मानी ग्रहण गरेको देखाइयो //

बिवाहा पछि सन्तानको चाहाना हुनु र एउटा नारी आमा बन्नु सौभाग्य हो तर , बिवाहा भएर लोग्नेको कुनै समस्या आएर बच्चा भएन भनी मलाई बच्चा चाहिय कै थियो आखिर बलात्कार भएर पनि मेरो कोखमा बच्चा बस्यो आखिर आमा बन्न पाए भनी गर्भ गर्नु कति उचित हो ???

एउटा दुर्घन्दित बलात्कारीको बिर्यलाइ प्रसाद ठान्ने कि दुर्घन्दित बिर्यलाइ समाजमा फैलाउन नदिन त्यो बलात्कारीलाई कानुनी सजाय दिने ??

जब समाजको चित्रण गरि चलचित्र बनाइन्छ भने त्यो समाजलाइ सकारात्मक सन्देश र बाटो देखाइनु पर्छ ।।

सिङ्गो समुदाय र दलितहरुलाइ हेपेर र अपमान गरि देखाइयो प्रसाद दलित समुदायले प्रसादको रूपमा ग्रहण गर्ने कहि नीर ठाउँ छैन ।।

( सामाजिक अभियान्ता सरु सुनारको फेसबुक वालबाट साभार )

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120