
काठमाडौ ,नेपाल राष्ट्र बैंकले सबै बाणिज्य बैंकका सिइओहरूलाई बैठकमा बोलाएको छ। केहि बेरपछि राष्ट्र बैंक नजिकैकाे एक रेष्टुरेन्टमा हुने लञ्च बैठकमा सिइओहरूलाई अनिवार्य उपस्थिति हुन भनिएको छ। मुद्राबजार तथा पूँजी बजारको समस्या समधानका लागि गठित कार्यदलले प्रतिबेदन बुझाए लगतै राष्ट्र बैंकले बैकर्सहरूलाई डाकेको हो ।
बैंकहरूले मुद्धती निक्षेपको व्याजदरमा प्रतिस्पर्धा गर्न थालेपछि अर्थमन्त्र र गर्भनर दुबै बैंकहरूको कदमप्रति असन्तुष्ट थिए ।
बैंकर एशोसिएसनको कार्यक्रममा गर्भनरले तत्काल व्याजदरको प्रतिस्पर्धा नरोकिए कारबाही गर्ने चेतावनी दिएका थिए भने अर्थमन्त्री खतिवडाले बैंकहरूको कृयाकलापलाई केटाकेटी भन्दै असन्तुष्टि जनाएका थिए ।
कार्यदलको प्रतिबेदन आउनु अघि कुनै निर्देशन नदिएको राष्ट्र बैंकले प्रतिवेदन आएको भालिपल्टै सबै बैंकका सिइओहरूलाई बोलाएर व्याजदरको बारेमा पुर्नविचार गर्न आग्रह गर्दैछ ।

अर्थमन्त्रालय र राष्ट्र बैंकको दबाब पछि बैंकहरूले पुनः भद्रसहमति गर्ने अनुमान गरिएको छ । वाणिज्य बैंकहरूले निक्षेपको व्याजदर १३.५ प्रतिशत सम्म पुर्याएपछि शेयर बजारका लगानीकर्ताले पनि असन्तुष्टि जनाएका थिए ।
