सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

सुधार गृहमा सुधारको नाममा यातना

1200*120

विराटनगर – पुनर्स्थापना केन्द्र दुव्यर्सनीमा फसेकालाई पुनर्स्थापित गराउने उद्देश्यले  खोलिएका हुन्छन्। उनीहरूको मुख्य काम भनेकै कुलतमा फसेकालाई त्यसबाट मुक्त पार्नु हो, जीवन जिउने असल मार्ग देखाइदिनु हो। नयाँ जीवन प्रदानु गर्नु हो। तर, सुधार गृहका नाममा खोलिएको मोरङ उर्लाबारी नगरपालिका ४ रहेको जीवन बचाउ उपचार सेवा गृहले सुधारमा राखिएका बिरामीमाथि शोषण गरेको छ।

दुर्व्यसनीमा फसेकालाई शारीरिक र मानसिक यातना दिइरहेको छ। त्यहाँका कर्मचारीको काम भनेकै बिरामी कुट्ने र उनीहरूलाई धम्की दिने भएको उर्लाबारी २ का वडाध्यक्ष राजन कँडेलले बताए। ‘सुधारगृहमा राखिएकालाई परिवारका मान्छे आउँदा भेट्न पनि दिँदो रहेनछ’, उनले भने, ‘चरम यातना र धम्की दिइँदो रहेछ।’ सुधारगृहमा राखिएका आफन्तबारे बुझ्न जाँदा आफूले त्यहाँको निर्मम र दर्दनाक अवस्थाबारे थाहा पाएको वडाध्यक्ष कँडेलले बताए। भने, ‘सुधार गृह त मान्छे सुधार्न पो राख्ने हो।’

मदिरा सेवनको आरोपमा मोरङकै कानेपोखरी गाउँपालिका ३ का ४० बर्से सूर्य भट्टराईलाई सुधार्ने जिम्मा लिएर सुधारगृहले गत कात्तिकमा लगेको थियो। तर, त्यहाँ दिइएको यातनाबाट भट्टराई घाइते भएका छन्। दाहिने घुँडामा चोट लागेका कारण उनी हिँड्न सक्दैनन्। भाइलाई भेट्न जाँदा सञ्चालकले भेट्न नदिएको भट्टराईका माइला दाजु पुस्करले बताए। ७६ वर्षीया आमा विष्णुमाया र ८३ बर्से बुवा चन्द्रबहादुरले रुँदै छोरा फिर्ता दिन आग्रह गरे पनि सुधारगृहले दिन मानेको छैन। पुस्करले भने, ‘मलाई धेरै कटे भनेर भाइले निकाल्न भन्दै रोयो, तर म त्यहाँबाट फर्किएपछि दाइलाई किन बोलाइस् भनेर उल्टै कुटेछन्।’ सुधार गृहमा राम्रोसँग खान र सुत्न पनि नदिइएको भाइले गुनासो गरेको दाइ पुस्कर बताउँछन्।

सुधार गृहले भित्र प्रवेशमा रोक लगाएपछि जनप्रतिनिधि र प्रहरी प्रशासनको सहयोगमा मात्र भाइलाई भेट्न सकेको उनले गुनासो गरे। उनले थपे, ‘भाइ कसरी बिरामी भयो भन्दा उल्टै मलाई नै खाउँलाजसरी हेरे।’ खास कुरा बुझ्न खोज्दा निदिएरै त्यहाँबाट आफूलाई निकालिएको उनले बताए।अन्नपुर्ण पोस्ट मा समाचार छ l

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120