सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

संसदमा बाबुरामले रबिन्द्र अधिकारीलाई यसरी थर्काए

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई सरकारप्रति जनता असन्तुष्ट भइरहेको बताएका छन्। बुधबार विधेयक अधिवेशनको पहिलो दिन प्रतिनिधिसभालाई सम्बोधन गर्दै डा. भट्टराई जनताका अगाडि सरकारले आफ्नो छवि सुधार गर्नुपर्ने बताएका हुन्।

‘जनताले परिवर्तन खोजेको छ। तर, सरकारले जनताको अपेक्षा पूरा गर्न सकेको छैन’, डा. भट्टराई भने,’रेल-पानी जहाजको टिकट काट्न भनियो, यो भन्न मिल्ने कुरा हो?’

मुख्यमन्त्रीहरू नै देशको अवस्था प्रति असन्तुष्ट भएको भन्दै उनले ‘कतै संघीयताको विरोधमा त हुन लागेको छैन’ भन्ने प्रश्न समेत गरे।

‘देश भ्रष्टचारमा परिरहेको आम जनाताको गुनासो छ, जनप्रतिनिधिलाई नै यस्तो आरोप लाग्न थालेका छन्’, डा. भट्टराईले भने,’नक्कली कम्पनी खोलेर जहाज किन्ने काम भएको छ, यो कस्तो पारदर्शीता हो?’ अन्नपुर्ण पोस्टमा समाचार छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय