सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियाका लागि नेपाली राजदुतलाई फिर्ता बोलाईयो,३ साताकाे समय दियाे स्वदेश फर्कन

सरकारले दक्षिण कोरियाका लागि नेपाली राजदुत अर्जुन जंग बहादुर सिंहलाई फिर्ता बोलाएको छ । विहिवार बसेको मन्त्री परिषदको वैठकले सिंह सहित अन्य तिन देशमा रहेका राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
फिर्ता हुनेहरुमा बंगलादेशका लागि नेपाली राजदूतमा डा चोपलाल भुषाल, दक्षिण कोरियाका लागि अर्जुनजंग बहादुर सिंह र स्पेनका लागि भरतबहादुर रायमाझी रहेका छन् ।
फिर्ता बोलाइएका सबैजना यसअघिको शेरबहादुर देउवा सरकारको पालामा नियुक्त भएका थिए। भुषाल र सिंह नेपाली कांग्रेस तथा रायमाझी राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटामा राजदूत नियुक्त भएका थिए ।
उनीहरुलाई नेपाल फर्किनका लागि ३ साताको समय दिइएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय