सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा निधन

काठमाडौं- ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’ ‘पिँढीमा बसेर मेरै बाटो हेरेर’ लगायतका चर्चित गीत गाउने लोक गायक बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा निधन भएको छ।

निमोनियाले ग्रस्त उनको शुक्रबार दिउँसो निधन भएको पारिवारिक श्रोतले जनाएको छ।लामो समयदेखि अस्वस्थ्य भएपछि भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका थिए।

‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’ । बुढेशकालमा एउटी आमाले छोराछोरीको बाटो हेरेर बिताउने अत्यासलाग्दो जिन्दगी, अशक्त शरीरले पाउने दुःख, अभाव र छटपटीलाई परदेशमा रहेका छोराले कसरी सम्झिन्छन् भनेर गीत कथेका गायक बृद्धिकृष्ण लामिछाने आफैले लामो समय यस्तै नियति झेल्नुपर्यो ।

उठ्न मन लागे पिँढीको थाम र लौरोको सहारा लिनै पर्यो । धर्मपत्नी दुर्गादेवी लामिछानेले पाखुरा समाएर नडाेर्‍याए भित्रबाहिर गर्न पनि निक्कै मुश्किल हुन्थ्यो ।

लोकगायक लामिछानेले गाएका घाँस काट्नु खुर्केर, आयो जोवन हुर्केर, गाई त बाँध्ने पाटको दाम्लो, बाखरी बाखरी,  तिम्रो र मेरो मायाको डोरो बेरौँ कि फन्फनी, पिँढीमा बसेर मेरै बाटो हेरेर लगायत गीतहरु चर्चित छन् । पछिल्लो समय रोगले गलिएका लामिछानेले आफूले गाएका सबै गीतहरु झट्ट सम्झिन पनि सक्नु हुन्थेन ।

नेपाली सेनाको जागिरसँगै लोकगीत संगीतको विकासमा पनि उत्तिकै योगदान पुर्याउनुभएका लोक गायक बुद्धिकृष्ण लामिछानेले रेडियो नेपाल र च्यानल नेपालमा लोकभाकासम्बन्धी कार्यक्रम चलाउनुभएको थियो । चर्चित हास्य टेलिश्रृंखला ‘हिजो आजका कुरा’ र ‘तीतो सत्य’मा समेत अभिनय गरेका लामिछानेले तीन दशकभन्दा बढी समय नेपाली संगीतमा बिताउनुभयो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय